FAQs Complain Problems

याक्चाना

Read More

याक्चाना नदि

Read More

याक्चाना १

Read More

मन्दिर

Read More

धानबारी

Read More

धानबारी १

Read More

sindhuwa

Read More

संक्षिप्त परिचय

छथर जोरपाटी गाउँपालिका नेपालको धनकुटा जिल्लाको मध्यपुर्वी भागमा पर्दछ । प्राचिनकालमा नै कोशी नदीको पुर्वी भागमा किरात देशका नामले परिचित थियो, पछि ई.सा. ६०० तिर बृहत्तर किरात कोशीको पूर्व लिम्बुवान र पश्चिमतर्फ खुम्बुवानमा विभत्त भयो । प्राप्त विवरण अनुसार दश भाइ लिम्बुहरूले आपसमा मिलेर दश ओटा गाउँमा शासन गर्न थाले । तिनिहरूमा साम्लुल्पी साम्बाहांगको तम्मोर, ताम्पेसो पेरूङहाग्ङको तेह्रथुम, धकतोक्सो आङ्वोहाङ्गको आठराई, सेङसेन गुमको फेदाप, तिन्दोलुंग सोक्पाहांगको यांगरूप थुम, सिसिथेन सेरिंग हांगको पाँचथर, ताक्नुगं खजुमहांगको छथर, मुंगताइची इमहांगको इलाम र सैयाक लादो हांङको चौबिस राज्यहरू भए भनिएको छ । तत्काल छथर क्षेत्र तमोरदेखि अरूणसम्म तथा लम्बुखोलादेखि नुवोखोला सम्म फैलिएको देखिन्छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका तेलिय, तांखुवा, हात्तिखर्क र परेवादिनका मुख्य वासिन्दा पनि छथरेहरू नै हुन । तत्कालिन वृहत छथर समेत विभिन्न स्थानीय तहमा विभाजित छ । छथरको नामकरण सम्बन्धमा विभिन्न भनाइहरू पाइन्छन्  जस्तै लडाइ लामो समय थाम्यो भन्ने अर्थमा थगंथरूबाट अप्रभंस भइ छथर भएको , त्यसै गरी यस क्षेत्रमा ६ वटा ६ वटा थर भएका लिम्वुहरूको वसोवास क्षेत्र भएकाले छथर भनिएको र पछि राणाकालमा कर असुल्नका लागि पुर्वि नेपाललाई विभिन्न थरमा विभाजन गरी १७ ओटा  डाँडालाई ६ थुम वनाई यही ६ थुम बाट छथर रहन गयो भन्ने भनाइ समेत छ ।

यस गाउँपालिका नेपालको संविधान वमोजिम बि.सं. २०७३ सालमा स्थापना भएको हो । यस गाउँपालिकामा साविक परेवादिन, ताङखुवा, हात्तीखर्क, र तेलिया  गाबिसका भूभागहरु गाभिएका छन् । जम्मा ६ वटा वडामा विभाजित यस गाउँपालिकाको वडा विभाजनको अवस्था निम्नानुसार रहेको छ -

वडा नं १        साविक हात्तीखर्क गाबिसको वडा नं १ देखि वडा नं ६ सम्मका भूभाग

वडा नं २        साविक हात्तीखर्क वडा नं ७ ८ र ९ तथा साविक ताङखुवा गाबिसको वडा नं ८ र ९ सम्मका भूभाग

वडा नं ३        साविक ताङखुवा गाबिसको वडा नं १ देखि वडा नं ७ सम्मका भूभाग

वडा नं ४        साविक तेलिया गाबिसको वडा नं १ देखि ९ सम्मका सबै भूभाग

वडा नं ५       साविक परेवादिन गाबिसको वडा नं १ ४ ८ र ९ का भूभाग

वडा नं ६       साविक परेवादिन गाबिसको वडा नं ५ र ७ का भूभाग ।

अन्य संक्षिप्त झलक दिने  विवरण देहाय वमोजिम रहेका छन् -

 

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी
सूचना तथा संचार प्रविधि अधिकृत