संक्षिप्त परिचय

छथर जोरपाटी गाउँपालिका नेपालको धनकुटा जिल्लाको मध्यपुर्वी भागमा पर्दछ । प्राचिनकालमा नै कोशी नदीको पुर्वी भागमा किरात देशका नामले परिचित थियो, पछि र्इ.सा. ६०० तिर बृहत्तर किरात कोशीको पूर्व लिम्बुवान र पश्चिमतर्फ खुम्बुवानमा विभत्त भयो । प्राप्त विवरण अनुसार दश भार्इ लिम्बुहरूले अपसमा मिलेर दश ओटा गाउँमा शासन गर्न थाले । तिनिहरूमा साम्लुल्पी साम्बाहांगको तम्मोर, ताम्पेसो पेरूङहाग्ङको तेह्रथुम, धकतोक्सो आङ्वोहाङ्गको आठरार्इ, सेङसेन गुमको फेदाप, तिन्दोलुंग सोक्पाहांगको यांगरूप थुम सिसिथेन सेरिंग हांगको पाँचथर, ताक्नुगं खजुमहांगको छथर, मुंगताइची इमहांगको इलाम र सैयाक लादो हांगको चौबिस राज्यहरू भए भनिएको छ । तत्काल छथर क्षेत्र तमोर देखि अरूण सम्म तथा लम्बुखोला देखि नुवोखोला सम्म फैलिएको देखिन्छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका तेलिय, तांखुवा, हात्तिखर्क र परेवादिनका मुख्य वासिन्दा पनि छथरेहरू नै हुन । तत्कालिन वृहत छथर समेत विभिन्न स्थानीय तहमा विभाजित छ । छथरको नामकरण सम्बन्धमा विभिन्न भनाइहरू पाइनछन, जस्तै लडाइ लामो समय थाम्यो भन्ने अर्थमा थगंथरूबाट अप्रभंस भइ छथर भएको , त्यसै गरी यस क्षेत्रमा ६ वटा ६ वटा थर भएका लिम्वुहरूको वसोवास क्षेत्र भएकाले छथर भनिएको र पछि राणाकालमा कर असुल्नका लागि पुर्वि नेपाललार्इ विभिन्न थरमा विभाजन गरी १७ ओटा  डाँडालार्इ ६ थुम वनार्इ यही ६ थुम बाट छथर रहन गयो भन्ने भनाइ समेत छ ।